Logo

युनाइटेड इदी मर्दीको आईपीओ आजदेखि खुल्यो, यसरी गर्नुस आवेदन

युनाइटेड इदी मर्दीको आईपीओ आजदेखि खुल्यो, यसरी गर्नुस आवेदन



काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवी हाईड्रोपावर लिमिटेडको आईपीओ बुधवारदेखि खुला भएको छ । यस अघि सर्वसाधारणका लागि कात्तिक २७ गतेदेखि विक्री गर्ने भनिएकोमा नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनमा बुधवारदेखि विक्री खुला गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थायिनका लागि पहिलो चरणमा आईपीओ विक्री गरि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । कम्पनीले स्थानियमा वितरण हुन नसकेको २ लाख ४३ हजार ९१० कित्ता शेयर समेत जोडर सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९१० कित्ता शेयर वितरण गर्नेछ । कुल कित्तामध्ये कम्पनीले ८ लाख १२ हजार ७३६ कित्ता शेयर सार्वजनिक निष्कासन गर्नेछ ।

कम्पनीले ४३ हजार ६९६ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरेको छ भने कम्पनीका कर्मचारीका लागि १७ हजार ४७८ कित्ता छुट्याएको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आईपीओ खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।
यस कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मार्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्
MBL