Logo

९ दशमलव ३४ अंकले घट्यो नेप्से, अधिकांश समुह रातो

९ दशमलव ३४ अंकले घट्यो नेप्से, अधिकांश समुह रातो


बिजखबर संवाददाता
27
Shares

बुधवार नेप्से परिसुचक ९ दशमलव ३४ अंकले ओरलो लागेको छ । सो दिन सेयर १ हजार १ सय ४९ दशमलव ४५ अंकमा झरेर बजार बन्द भएको छ ।

सो दिन वीमा समुहको परिसुचक सवैभन्दा बढी ७० दशमलव ७३ अंकले ओरालो लागेको छ । बुधवार जलविद्युत समुहको परिसुचक१९ दशमलव ३८ अंक र होटल समुहको परिसुचक १६ दशमलव ९१ अंकले घटेको छ । अन्य समुहको ८ दशमलव २२ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको सुचक ७ दशमलव ९३ अंकले ओरालो लागेको छ ।

त्यसैगरी विकास बैंक समुहको परिसुचक ६ दशमलव ७५ अंकले घटेको छ ।

यता फाइनान्स समुहको परिसुचक भने ० दशमलव ९४ अंकले उकालो लागेको छ । बुधवार १ सय १४ कम्पनीको ७ लाख ५० हजार कित्ता सेयर बाट ३५ करोड ८७ लाखको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL