Logo

२७ अंकले बढ्यो नेप्से, सवै समुह हरियो

२७ अंकले बढ्यो नेप्से, सवै समुह हरियो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

६ असोज,काठमाडौं । बुधवार परिसुचक २७ दशमलव २८ अंकले उकालो लागेको छ । सो दिन बजार १ हजार १ सय ८३ अंकमा पुगेर बन्द भएको छ । कारोवारमा आएका सबै समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय २ दशमलव ९२ अंकले उकालो लागेको छ । त्यस्तै होटल समुहको परिसुचक ४१ दशमलव ३ र सेयर बजारमा बढी प्रभाव रहेको वैंकिङ समुहको परिसुचक ३५ दशमलव ९३ अंकले बढेको छ ।

त्यसैगरी जलविद्युत ३० दशमलव ४५, उत्पादन १० दशमलव ३७, विकास बैंक ९ दशमलव ०३ अंकले बढेको छ । अन्य र फाइनान्स समुहको परिसुचक क्रमशः ३ दशमलव ५३ र १ दशमलव ८२ अंक्ले उकालो लागेको छ ।

बुधवार १ सय १७ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ८ लाख ४ हजार कित्ता सेयरबाट ४९ करोड ८८ लख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL