Logo

थप पेनिक बन्दै पौन घण्टा पनि टिकेन बजार, कारोबार ३६ लाखमै सिमित

थप पेनिक बन्दै पौन घण्टा पनि टिकेन बजार, कारोबार ३६ लाखमै सिमित



काठमाडौं । लकडाउनका कारण लामो समयदेखि खुलेको बजार ४० मिटेनपनि टिक्न सकेन । बजार खुलेको पलिलो दिन मंगलबार बजारमा सबै गरी १० करोडको कारोबार हूँदै पौने २ घण्टा चलेको थियो ।

laxmi

तर मंगलबारनै काठमाडौं र भक्तपुरमा कोरोना संक्रमित भेटिएपनि त्यसले लगानीकर्तालाई त्रसित बनाएको छ । बुधरबा बजार खुलेको पौने घण्टापनि नटिक्दै ३६ लाख रुपैयाँको कारोबार हुँदो बजार बन्द भएको छ ।

घट्दो बजारमा लगानीकर्ताको बिक्री चापका कारण बजार छोटो समयमा २ प्रतिशतले घट्दै बन्द हुन पुगेको हो । जसमा ७४ कम्पनीको १० हजार ५ सय कित्ता सेयर मात्र खरिदबिक्री भएको छ ।

ओरालो लागेको बजारमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक १३० अंकले घटेको छ । यसैगरी बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि २५ दशमलव २६ अंकको गिरावट आएको छ ।

३६ लाख रुपैयाँमा सिमित भएको बजारमा सबैभन्दा बढी नेपाल टेलिकमको ८ लाख ६२ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL