Logo

नेप्से १२ सय विन्दु नजिक, सबै समूह हरियो

नेप्से १२ सय विन्दु नजिक, सबै समूह हरियो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२ भदौ,काठमाडौं । बुधवार सेयर बजार नेप्सेले हालसम्मकै उच्च तह पार गरेको छ । बुधबार नेप्से १ हजार १ सय ९१ दशमलव ९२ बिन्दुमा पुगेको छ ।

यस अघि २०६५ साल भदौ १५ गते नेप्सेले १ हजार १ सय ७५ को उच्च बिन्दु कायम गरेको थियो ।  सो दिन बजार १ हजार १ सय ९१दशमलव ९२ अंकमा पुगेर बन्द भएको छ ।

बुधवार कारोवारमा आएका सवै समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन होटल समुहको परिसुचक सवैभन्दा बढी १ सय ६६ अंकले बढेको छ । त्यस्तै बीमा समुहको ९९ दशमलव ४८ र अन्य समुहको परिसुचक ४२ दशमलव २८ अंकले उकालो लागेको छ ।

त्यसैगरी बैंकिङ, उत्पादन, विकास बैंक, फाइनान्स तथा जलविद्युत समहुका सूचक क्रमशः ३३ दशमलव ३४, २५ दशमलव ९४, ८ दशमलव ४७, ७ दशमलव १७ र ५ दशमलव ७२ अंकले उकालो लागेको छ ।

बुधबार कारोवारमा आएका १ सय ३९ कम्पनीको १२ लाख २३ हजार कित्ता सेयरबाट ७६ करोड ७७ लाख ९ हजारको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL