Logo

साताको अन्तिम दिन बढ्यो नेप्से, ४५ करोडको कारोवार

साताको अन्तिम दिन बढ्यो नेप्से, ४५ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१४ साउन,काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजार बिहीबार फेरी उकालो लागेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से ६ दशमलव ६५ अंकले बढेको छ ।

सो दिन १ हजार २७ दशमलव ९८ अंकमा पुगेर बजार बन्द भएको छ । कारोवारमा आएका अधिकांश समुहको परिसुचक बढेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

सो दिन सेयर बजारमा बढी प्रभाव रहेको बीमा र बैकिङ समुहको परिसुचक क्रमशः २८ दशमलव ६३ र ६दशमलव २१ अंकले उकालो लागेको छ । त्यस्तै जलविद्युतको २ दशमलव ३५ विकास बैंक २ दशमलव ११  र फाइनान्स समुहको सूचक १ दशमलव २१ र अन्य समुहको परिसुचक १४ दशमलव १ अंकले बढेको छ ।

यता होटल समुहको परिसुचक भने २ दशमलव ९२ ओरालो लागेको छ । १ सय ४३ कम्पनीको १० लाख १ हजार १ सय ९६ कित्ता सेयरबाट ४५ करोड २६ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL