Logo

इन्स्योरेन्सको कब्जामा नेप्से, १९ अंकले बढ्दा २ अर्बको कारोबार

इन्स्योरेन्सको कब्जामा नेप्से, १९ अंकले बढ्दा २ अर्बको कारोबार



काठमाडौं । साताको अन्तिम दिन उच्च १० कारोबार हुने कम्पनीमा इन्स्योरेन्स समूहले कब्जा जमाएको छ । बिहीबार बजारमा उच्च कारोबार हुने १० कम्पनीमा जीवन र निर्जीवन बीमा कम्पनीहरुको संख्या ८ रहेको छ ।

बढ्दो बजारमा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ११ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दिनभर बजारमा निर्जीवन बीमा कम्पनी २२४ र जीबन बीमा कम्पनीको सेयर १६८ अंकले बढ्दा समग्रमा नेप्से परिसूचक १९ दशमलव ५१ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समूहको परिसूचक १८ दशमलव २५ अंकले बढ्दा लघुवित्त समुहको परिसूचक पनि सोही अनुपातमा बढ्न पुगेको छ । दोहोरो अंकले बढेको बजारमा व्यापार समूहको परिसूचक भने ओरालो लागेको छ ।

अन्तिम दिन बजारमा नेप्से परिसूचकका साथै कारोबार रकमा पनि वृद्धि भएको छ । दिनभर कुल १ अर्ब ९६ करोड रुपैयाँ बराबरको ४६ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL