Logo

३ अंकले बढ्यो नेप्से, २८ करोडको कारोवार

३ अंकले बढ्यो नेप्से, २८ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१६ असार,काठमाडौं । बुधवार सेयर बजार ३ दशमलव ३५ अंकले ओरालो लागेको छ । बजार खुलेको केही समय बढेको नेप्से अन्तत ९ सय ४५ अंकमा झरेर बजार बन्द भएको हो । सो दिन कारोवारमा आएकामध्ये होटल र उत्पादन समुहबाहेक अन्य सवै समूहको परिसुचकमा गिरावट आएको छ ।

बुधवार जलविद्युत समूहको परिसुचक सवैभन्दा बढी १४ दशमलव १५ अंकले घटेको छ । त्यस्तै बैंकिङतर्फ ४ दशमलव ८९, बीमा, १ दशमलव ८९,विकास बैंक  १ दशमलव २१,अन्य १ दशमलव १८ र फाइनान्स समुहको सुचक ० दशमलव १३ अंकले घटेको छ ।

यता उत्पादन तथा होटल समुहको परिसुचक भने क्रमशः ० दशमलव ८४ र १४ दशमलव ९७ अंकले बढेको छ ।

सो दिन १ सय ३० ओटा कम्पनीको ४ लाख २७ हजार १ सय ४१ कित्ता सेयरबाट २८ करोड ४ लाख ५६ हजार रुपैयाँ बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL