Logo

२ दशमलव ८० अंकले बढ्यो नेप्से, ३४ करोडको कारोबार

२ दशमलव ८० अंकले बढ्यो नेप्से, ३४ करोडको कारोबार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१५ असार,काठमाडौं ।  मंगलवार सेयर बजार २ दशमलव ८० अंकले बढेको छ ।  सो दिन  नेप्से परिसुचक ९ सय ४९ अंकमा पुगेर बजार बन्द भएको हो ।

कारोवारमा आएकामध्ये बैंकिङ, होटल,  जलविद्युत तथा बीमा समुहको परिसुचक  बढेको छ । बीमा समुहको परिसुचक सवैभन्दा बढी २५ दशमलव ७२ अंकले बढेको छ । त्यस्तै  होटल ५ दशमलव १२ ,बैंकिङको ३ दशमलव ६५ जलविद्युत ० दशमलव ४८ अंकले बढेको छ ।

यता  ट्रेडिङ,फाइनान्स,विकास बैंक, उत्पादन समुहको परिसुचक ओरालो लागेको छ । ट्रेडिङ ३ दशमलव ८,उत्पादन २ दशमलव ३३, फाइनान्स १ दशमलव ७९ र विकास बैंक ० दशमलव ०ज्ञ अंकले ओरालो लागेको छ । सो दिन ६ लाख ४० हजार ६ सय ९४ कित्ता सेयरबाट  ३४ करोड १६ लाखको कारोबार  भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL