Logo

सेयरमा दाता सम्मेलनको सकारात्मक प्रभाव,२४ करोडको कारोबार

सेयरमा दाता सम्मेलनको सकारात्मक प्रभाव,२४ करोडको कारोबार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१०असार ,काठमाडौं । दाता सम्मेलनमा विभिन्न छिमेकी राष्ट्र तथा दातृ निकायहरुले पूर्ननिर्माणमा सहयोगका लागि गरेको घोषणाले  सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ ।

सो दिन नेप्से परिसुचक २ दशमलव २ ८ अंकले बृद्धि भएको छ ।  बिहीबार सेयर बजार ९ सय ३० अंकमा पुगेर बन्द भएको छ ।

सो दिन कारोवारमा आएका सबै समूहको परिसूचक उकालो लागेको छ । त्यसमा पनि जलविद्युत  समूहको परिसूचक सवैभन्दा बढी २० दशमलव ८२ अंकले बढेको छ । त्यस्तै होटल समुहको १५ दशमलव ९४,बीमा समूहको ९ दशमलव २६ र बैंकिङ समुहको परिसुचक १ दशमलव ७२ अंकले बढेको छ ।

त्यस्तै विकास बैंक तथा फाइनान्स समुहको सूचक क्रमशः ० दशमलव ५८ र ० दशमलव ४८ अंकले बढेको छ ।

बिहीवार कारोबारमा आएका १ सय ३० कम्पनीको ५ लाख ५ हजार ६३ कित्ता सेयरबाट २४ करोड १४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL