Logo

३ अंकले घट्यो नेप्से, १६ करोडको कारोवार

३ अंकले घट्यो नेप्से, १६ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

६ असार,काठमाडौं । साताको पहिलो दिन आइतवार सेयर बजार ३ दशमलव २५ अंकले ओरालो लागेको छ ।

सो दिन  नेप्से ९ सय ९४ बिन्दुमा पुगेर बजार बन्द भएको छ । कारोवारमा आएकामध्ये होटल र जलविद्युत समुहको बाहेक अन्य सवै समूह ओरालो लागेको छ ।

आइतवार बीमा समुहको परिसुचक सवैभन्दा बढी १८ दशमलव ११ अंकले ओरालो लागेको छ । त्यस्तै अन्य समुहको १० दशमलव ५७,बैंकिङ समुहको २ दशमलव ८८, उत्पादन २ दशमलव ८,फाइनान्स १ दशमलव ५ र विकास बैंकको परिसुचक ० दशमलव ६८ अंकले ओरालो लागेको छ ।

यता होटल तथा जलविद्युत समुहको परिसुचक भने क्रमशः ३ दशमलव १९ र ६दशमलव ५५ अंकले उकालो लागेको छ ।

सो दिन कारोबारमा आएका १ सय २१ ओटा कम्पनीको ४ लाख ७४ हजार कित्ता सेयरबाट १६ करोड ३२ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL