Logo

नेप्से सामान्य बढ्यो, २१ करोडको कारोवार

नेप्से सामान्य बढ्यो, २१ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

laxmi

८ बैशाख,काठमाडौं । मंगलवार नेप्से परिसुचक ० दशमलव १४ अंकले बढेको छ । सो दिन सेयर बजार ९ सय ४५मा पुगेर बन्द भएको छ ।

कारोवारमा आएकामध्ये बैंकिङ,होटल तथा विकास बैंकको परिसुचकमा बृद्दि भएको छ । सो दिन होटल समुहको परिसुचक ४ दशमलव १६ अंकले बढेको छ । त्यस्तै विकास बैंकको परिसुचक ३ दशमलव १७ र बैंकिङ समुहको २ दशमलव १६ अंकले उकालो लागेको छ ।

यताअन्य समुहको परिसुचक ओरालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ४४ अंकले घटेको छ । उत्पादन ५ दशमलव ८२, फाइनान्स ० दशमलव ६३ र जलविद्युत ० दशमलव २१ अंकले घटेको छ ।

मंगलवार ४ लाख १९ हजार कित्ता सेयर किनबेचबाट २१ करोड ७५ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL