Logo

५ अंकले बढ्यो नेप्से, कारोवार रकममा पनि उल्लेख्य सुधार

५ अंकले बढ्यो नेप्से, कारोवार रकममा पनि उल्लेख्य सुधार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२९ चैत,काठमाडौं । साताको पहिलो दिन आइतवार सेयर बजार ५ दशमलव १४ अंकले बढेको छ । ९ सय ४७ अंकबाट खुलेको बजार ९ सय ५२ मा पुगेर बन्द भएको छ ।

सो दिन कारोवारमा आएका मध्ये होटल समुह बाहेक अन्यको सुचक उकालो लागेको छ ।

आइतवार जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी १३ दशमलव ३७ अंकले बढेको छ । त्यस्तै बीमा समुहको १३ दशमलव ०७, उत्पादन १२ दशमलव ६, ट्रेडिङ समुहको ६ दशमलव ८४, अन्य समुहको ५ दशमलव ८८ र बैंकिङ समुहको ५ दशमलव ९३ अंक्ले बढेको छ । विकास बैंकको १ दशमलव १५ र फाइनान्स समुहको परिसुचक ० दशमलव २९ अंकले बढेको छ ।

यता होटल समुहको सुचक भने १८ दशमलव ८८ अंकले घटेको छ ।

 सो दिन सेयर बजारमा २० करोडको कारोबार भएको छ । १ सय ३४ कम्पनीको ४ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL