Logo

साढे ६ अंकले बढ्यो नेप्से, बीमा बाहेक अन्य समुह हरियो

साढे ६ अंकले बढ्यो नेप्से, बीमा बाहेक अन्य समुह हरियो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

laxmi

२५ चैत,काठमाडौं । बुधवार नेप्से परिसुचक ६ दशमलव ६२ अंकले उकालो लागेको छ । ९ सय ३५ अंकबाट खुलेको बजार ९ सय ४२ अंकमा पुगेर बन्द भएको छ ।

सो दिन कारोवारमा आएका मध्ये बीमा बाहेक सवै समुहको परिसुचक बढेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो , सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी २५ दशमलव ९२ अंक्ले बढेको छ । त्यस्तै उत्पादन समुहको १८ दशमलव २७ र जलविद्युतको १७ दशमलव ७९ अंकले बढेको छ ।

अन्य समुहको १० दशमलव ५७, बैंकिङ समुहको ७ दशमलव ३६,विकास बैंकको ६ दशमलव ०६,ट्रेडिङको ३ दशमलव ४६ र फाइनान्स समुहको सुचक ० दशमलव १५ अंकले उकालो लागेको छ । यता बीमा समुहको परिसुचक भने २७ दशमलव ८४ अंकले ओरालो लागेको छ ।

बुधवार १ सय ३३ कम्पनीको ५ लाख ५ हजार कित्ता सेयर किनबेचबाट २१ करोड ६९ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL