Logo

३ दशमलव २० अंकले घट्यो नेप्से, ११ करोडको कारोवार

३ दशमलव २० अंकले घट्यो नेप्से, ११ करोडको कारोवार


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

१६ चैत,काठमाडौं । सोमवार नेप्से परिसुचक ३ दशमलव २० अंकले घटेको छ । आइतवार स्थिर रहेको परिसुचक सो दिन ९ सय ३९ अंकमा झरेर बजार बन्द भएको छ ।

बीमा समुहको परिसुचक सवैभन्दा बढी ४१ दशमलव ६ अंकले घटेको छ । त्यस्तै जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ११ दशमलव ९४ अंकले घटेको छ । त्यस्तै अन्य १० दशमलव ५७ र अन्य समुहको १० दशमलव ५७ अंकले ओरालो लागेको छ ।

त्यसैगरी विकास बैंकको ४ दशमलव ३२, बैंकिङको १ दशमलव १ र फाइनान्स समुहको परिसुचक ० दशमलव ६३ अंकले घटेको छ । यता होटल ट्रेडिङ तथा उत्पादन समुहको परिसुचक भने उकालो लागेको छ ।

होटल समुहको परिसुचक ५१ दशमलव ५९ अंकले बढेको छ ।

त्यस्तै उत्पादन र ट्रेडिङको क्रमशः १७ दशमलव ९५ र ० दशमलव ०८ अंकले बढेको छ । १ सय २४ कम्पनीको २ लाख ७७ हजार कित्ता सेयरबाट ११ करोड ५६ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL