Logo

३ अंकले बढ्यो नेप्से, २० करोडको कारोवार

३ अंकले बढ्यो नेप्से, २० करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

५ चैत,काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसुचक ३ दशमलव ३८ अंकले उकालो लागेको छ । बुधवार समान्य बढेको परिसुचक सो दिन ९ सय ६७ मा पुगेर बजार बन्द भएको छ ।

बिहीवार जलविद्युतको सुचक सवैभन्दा बढी २२ दशमलव ७८ अंकले बढेको छ । त्यस्तै उत्पादन समुहको ५ दशमलव ५९ र बैंकिङ समुहको परिसुचक ५ दशमलव २२ अंकले बढेको छ । होटल समुहको ४ दशमलव १६, विकास बैंकको १ दशमलव १८ र फाइनान्स समुहको परिसुचक शुन्य दशमलव ११ अंकले बढेको छ ।

यता बीमा र अन्य समुहको परिसुचक भने ० दशमलव ९१ र ४ दशमलव ६९ अंकले आरालो लागेको छ । १ सय ३८ कम्पनीको ५ लाख ४२ हजार कित्ता सेयर किनबेचबाट २० करोड ६ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL