Logo

२ अंकले बढ्यो नेप्से, कारोवार रकम भने बढेन

२ अंकले बढ्यो नेप्से, कारोवार रकम भने बढेन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२५ माघ,काठमाडौं । साताको पहिलो दिन नेप्से सामान्य उकालो लागेको छ । आइतवार नेप्से परिसुचक १ दशमलव ८ अंकले बढेर ९ सय ८६ अंकमा पुगेको छ ।

बजारमा सवैभन्दा बढी बीमा समूहको परिसुचक उकालो लागेको छ । सो समूहको परिसुचक २१ दशमलव १४ अंकले बढेको छ भने बजारमा प्रभाव पार्ने बैंकिङ समूहको परिसुचक पनि २ दशमलव २३ अंकले बढेको छ । त्यसैगरी जलविद्युत, फाइनान्स तथा उत्पादन समूहके परिसुचक पनि क्रमशः२ दशमलव ४,१ दशमलव ६३ र ६ दशमलव ४ अंकले बढेको छ ।

यता होटल तथा विकास बैंक समूहको परिसुचक भने घटेको छ । आइतवार होटल समूहको परिसुचक ८ दशमलव ४७ र विकास बैंकको ३ दशमलव ०९ अंकले घटेको हो ।

अन्य समूहको परिसुचक भने स्थिर रह्यो । बजारमा २७ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ७२ हजार कित्ता सेयर कारोवार भएको छ । दिनभर १ सय ४८ कम्पनीको सेयर कारोवार भयो ।

प्रतिक्रिया दिनुहोस्
MBL