Logo

प्रभु लाइफले लगानीकर्तालाई ११ प्रतिशत लाभांस दिने, १० प्रतिशत बोनस सेयर

प्रभु लाइफले लगानीकर्तालाई ११ प्रतिशत लाभांस दिने, १० प्रतिशत बोनस सेयर



काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई २१ करोड ५ लाख रुपैयाँ लाभांस वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयरसहित ११ प्रतिशत लाभांस दिने भएको हो ।

कम्पनीको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० लाई दिएको जानकारीअनुसार आफ्ना सेयरधनीलाई १०।५२६ प्रतिशत बोनस सेयर दिनेछ । यो भनेको चुक्ता पूँजी २ अर्बको १० प्रतिशतका आधारमा २० करोड हुन आउँछ ।

यस्तै, चुक्ता पूँजीको कर प्रयोजनका लागि ०।५२६ प्रतिशतका दरले हुन आउने १ करोड ५ लाख २६हजार ३१६ रुपैयाँ नगद लाभांस समेत प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाले र बीमा प्राधिकरणले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL