Logo

सुपर मादी हाइड्रोको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो त ?

सुपर मादी हाइड्रोको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो त ?



काठमाडौं । सुपर मादी हाइड्रोले निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज सोमबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।

laxmi

सुपर म्यादीको आईपीओ भर्ने १३ लाख ४ हजार २ सय ८ जना आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ५ हजार ५ सय १५ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ९८ हजार ६ सय ९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको छ । यस हिसाबमा गोलाप्रथाबाट कुल १ लाख ७४ हजार ३ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital, सिडीएससीको मेरो शेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि माघ १२ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई १७ लाख ४३ हजार कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले यस अघि पहिलो चरण अन्तर्गत मङ्सिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरेको थियो । कम्पनीले कास्कीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL