Logo

अपि पावरले सेयरधनीका लागि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

अपि पावरले सेयरधनीका लागि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडौं । अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार ४० प्रतिशत हकप्रद निष्कासन हुनेछ । यसको अर्थ हाल १०० कित्ता सेयर भएका सेयरधनीले ४० कित्ता सेयरमा आवेदन दिन पाउनेछन् ।

पावरले १०० रुपैयाँ अंकित १ करोड ६५ लाख ३३ हजार १३७ रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको हो । सञ्चालक समितिले गरेको प्रस्ताव विद्युत नियमन आयोगबाट पारित हुनुपर्ने छ ।

पावरले हाल ८।५ मेगावाटको गौगढ गाड जलविद्युत आयोजना र ८ मेगावाटको अप्पर नौगढ जलविद्युत लगायतका आयोजनाबाट विद्युत उत्पादन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL