Logo

प्रभु क्यापिटलले सुरु गर्यो रेमिटान्स डिम्याट खाता, यस्ता छन् सुविधा

प्रभु क्यापिटलले सुरु गर्यो रेमिटान्स डिम्याट खाता, यस्ता छन् सुविधा



काठमाडौं । प्रभु क्यापिटलले रेमिटान्स डिम्याट खाता संचालनमा ल्याएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा उसको परिवारका लागि यस्तो खाता संचालनमा ल्याइएको हो ।

रेमिटान्स डिम्याट खाता एक वर्षको लागि निःशुल्क हुने र सो अवधिसम्मको लागि मेरो सेयरको पनि शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ । नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले साधारण सेयर (आइपिओ) जारी गर्दा निष्काशित सेयरको दश प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि छुटयाई बाडँफाँड गर्नुपर्ने प्रावधान जारी गरेकोले क्यापिटलले निकायको सोही उद्देश्यलाई सघाउ पुर्याउन यो योजना ल्याएको जनाएको छ ।

श्रम स्वीकृति लिई विदेश रोजगारमा रहेका तथा जान लागेका व्यक्तिहरुको देशप्रतिको योगदानलाई सम्मान गर्दै सोही आरक्षित सेयरमा उनीहरुको सरल र सुलभ पहुँच होस भनी देशलाई रेमिटयान्समा उल्लेखनीय योगदान गरेकोमा ‘देशलाई योगदान, प्रभु क्यापिटलको सम्मान’ भन्ने स्लोगन सहित क्यापिटलले यो निःशुल्क डिम्याट स्किम सञ्चालनमा ल्याएको हो । क्यापिटलका अनुसार सो योजनामा डिम्याट आवेदन समावेश हुनका लागि ग्राहकहरुले वैदेशिक रोजगारीको लागि सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएको प्रमाण संलग्न गर्नुपर्नेछ भने परिवारजनको हकमा डिम्याट आवेदन भर्दा नाता प्रमाणित कागजात आवश्यक हुनेछ ।

यस योजनामा देश वा विदेशमा श्रम स्वीकृती लिई कार्यरत रहेका तथा जान लागेको नेपालीले संसारको जुनै ठाउँबाट पनि बिना कुनै झन्झट आफू र आफ्नो परिवारको लागि निःशुल्क डिम्याट खाता खोली लाभन्वित हुन सक्नेछन् । यस योजनामा स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन एप्लाई गरी भिडियो केवाइसी सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यक्तिले अनलाइन रिक्वेष्ट गर्दा भिडियो केवाईसी छनौट गरी आफू अनुकूल समयमा अपोइन्टमेन्ट लिइ सो मार्फत तुरुन्तै अनलाईन डिम्याट खोल्न सकिने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलमा डिम्याट खाता खोल्नेहरुलाई लगानी व्यवस्थापन सेवाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL