Logo

युनिलिभर नेपालले प्रस्ताव गर्यो लाभांश, प्रतिकित्ता १२१५ रुपैयाँका दरले सेयरधनीले लाभांश पाउने

युनिलिभर नेपालले प्रस्ताव गर्यो लाभांश, प्रतिकित्ता १२१५ रुपैयाँका दरले सेयरधनीले लाभांश पाउने



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७८र७९ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले बिहीवार नेप्सेमार्फत सार्वजनिक सुचनामा लाभांश प्रयोजनका लागि मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने समेत जानकारी दिएको छ । हाल कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

कम्पनीले तय गरेको बुक क्लोज आगामी साधारण सभाका लागि लागू हुने भएपनि सभा हुने मितिको बारेमा भने जानकारी दिइएको छैन् ।

बुक क्लोजको आधारमा मंसिर १ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । कम्पनीले गत वर्षको तुलनामा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले प्रतिकित्ता ६५० रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL