Logo

एनसीसी बैंकको बोनस सेयरमा मूल्य समायोजन, कति भयो समायोजनपछि मूल्य ?

एनसीसी बैंकको बोनस सेयरमा मूल्य समायोजन, कति भयो समायोजनपछि मूल्य ?



काठमाडौं । एनसीसी बैंकको ३.३६६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १७८ रुपैयाँ १ पैसा निर्धारण गरेको छ ।

बैंकको अन्तिम कारोबार मूल्य १८४ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । हाल एनसीसी कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेकोले यस बैंकको कारोबार नेप्सेमा रोक्का छ ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ७.६३ प्रतिशत नगद र ३.३६६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्दैछ । लाभांश प्रयोजनका लागि कम्पनीले आज बुक क्लोज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL