Logo

सेयर बजार घट्दा अर्बपतिहरुको सम्पत्तिमा धक्का, गौतम अडानी अर्बपतिको सूचीमा चौथो स्थानमा झरे

सेयर बजार घट्दा अर्बपतिहरुको सम्पत्तिमा धक्का, गौतम अडानी अर्बपतिको सूचीमा चौथो स्थानमा झरे



काठमाडौं । आर्थिक मन्दीको चपेटामा पर्ने सम्भावित खतराले अडानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा पनि भारतीय घरेलु स्टकमा आएको गिरावटको असर परेको छ । उनी अहिले विश्वका अर्बपतिको सूचीमा दोस्रोबाट चौथो स्थानमा आएका छन् ।

laxmi

फोब्सको रियल टाइम अर्बपतिहरूको सूचीमा अडानी, जेफ बेजोस, बर्नार्ड अर्नाल्ट र एलोन मस्क शीर्ष स्थानमा छन् । बुधबार भारतीय शेयर बजारमा आएको गिरावट र अमेरिकी शेयर बजारमा आएको वृद्धिका कारण अडानी अर्बपतिको सूचीमा पछि परेका हुन् ।

बुधवार भारतीय शेयर बजारको मुख्य परिसूचक सेन्सेक्स ५०९ अंकले झरेर दुई महिनाकै न्यून ५६५९८ अंकमा बन्द भएको थियो । अर्कोतर्फ नेसनल स्टक एक्सचेन्ज (एनएसई)को निफ्टी १७ हजार अंकको मनोवैज्ञानिक स्तरभन्दा तल १४९ अंकले घटेर १६ हजार ८५८ दशमलव ६० मा पुगेको छ । जबकि अमेरिकाको मुख्य सेन्सरी इन्डेक्स डाउ जोन्स १.८८ प्रतिशत वा ५४८ अंकले बढेर २९६८३ मा बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL