Logo

कस्तो सेयर किन्ने ? वारेन वफेट भन्छन-मोजा होस वा स्टक, गुणस्तरीय मात्र किन्नुस

कस्तो सेयर किन्ने ? वारेन वफेट भन्छन-मोजा होस वा स्टक, गुणस्तरीय मात्र किन्नुस



काठमाडौं । वारेन बफेटको नाम नसुनेको सायदै शेयर बजारमा पैसा लगानी गर्ने व्यक्ति होलान् । विश्वका अग्रणी लगानीकर्ताको रुपमा चिनिने बर्कशायर ह्याथवेका अध्यक्ष वारेन बफेट विश्वको छैटौं धनी व्यक्ति हुन् । सेयर लगानीकर्ताहरु वारेन बफेटको लगानी टिप्सलाई निकै उपयोगी रहेको मान्छनर स्टक बजार लगानीकर्ताहरूले उनका सुझावहरू पालना गर्छन् । बफेटले सन् १९९४ मा बर्कशायर ह्याथवेको वार्षिक बैठकमा भनेका थिए, ‘कपाल काट्ने कि नगर्ने हजामलाई कहिल्यै नसोध्नुहोस् ।’ आज पनि लगानीकर्ताहरुमाझ बफेटको यो भनाईको निकै चर्चा हुने गर्छ ।

laxmi

वफेटका केही लगानी मन्त्रहरु

१. अनुसन्धान आफै गर्नुहोस्

वारेन बफेट भन्छन् कि त्यो अनुमानसँग सम्बन्धित कुनै चासो भएका मानिसहरूको अनुमान वा भविष्यवाणीहरूमा कहिल्यै विश्वास नगर्नुहोस् । बफेट भन्छन् कि लगानी गर्दा विशेषज्ञ वा एजेन्टहरूको आफ्नै चासो हुन्छ । त्यसैले लगानी गर्नु अघि सधैं आफ्नो लागि आवश्यक अनुसन्धान गर्नुहोस् । कम्पनीको कार्यसम्पादन वा यसको नतिजामा आँखा चिम्लिएर विश्वास गर्नु हुँदैन । यसलाई उदाहरणका साथ बुझाउन उनले नाईको कुरा गरेका हुन् ।

२. जति जोखिम उठाउन सकिन्छ त्यति नै जोखिम लिनुहोस्

वारेन बफेट भन्छन् कि तपाईले सजिलै लिन सक्ने जतिमात्रै जोखिम मोल्नुपर्छ । दुवै खुट्टा पानीमा राखेर खोलाको किनारमा बसेर गहिराइ नाप्ने प्रयास गरेमा डुब्न सक्ने उनले बताए । यसका लागि एउटा हातले किनारलाई बलियो समातेर एउटा खुट्टामा सन्तुलन मिलाएर अर्को खुट्टाले नदीको आँकलन गर्नु आवश्यक छ । यसरी खोलाको गहिराई नाप्ने हो भने डुबेर बच्न सकिन्छ ।

३. बचत गर्नुहोस्

वारेन बफेट भन्छन् कि यदि तपाईंको मासिक आम्दानी १ लाख रुपैयाँ छ भने, तपाईंले २० हजार रुपैयाँ बचत गर्नुपर्छ । यो २० हजार रुपैयाँ तपाईलाई आपतकालीन अवस्थामा उपयोगी हुन सक्छ । ६ महिनाको घरायसी खर्च बराबरको आपतकालीन कोष कायम गर्नुपर्ने उनी बताउँछन् । मतलब आफुसँग भएको सबै रकम लगानी गर्नुहुँदैन ।

४. जब सबै डराउँछन् तब लोभी हुनुहोस

वारेन बफेट भन्छन् जब सबै राम्रो देखिन्छ, तब शङ्का गर्नुहोस् । उनले भनेका छन्–‘अरु लोभी हुँदा डराउ र सबै डराउँदा लोभी बन ।’

५. अवसरहरूको खोजी

वारेन बफेट भन्छन् कि लगानीकर्ता सधैं अवसरहरूको खोजीमा हुनुपर्छ । जब लगानी अवसर भेटिन्छ त्यसलाई छुटाउनु हुँदैन् । यस्ता अवसरलाई सदुपयोग गर्नेहरू सधैं सफल हुन्छन् ।

६. मोजा होस् वा स्टक, गुणस्तर मात्र किन्नुस

बफेट भन्छन् कि मोजा होस् वा स्टक, गुणस्तरीय मात्र किन्नुहोस् । त्यो पनि सस्तो किन्नुहोस् । आधारभूत अवस्था राम्रो भएका कम्पनीको मात्रै शेयर किन्नुपर्ने उनको सुझाव छ । साथै, बजारमा ठूलो गिरावट आउँदा सेयर किन्नको लागि उपयुक्त समय भएको उनी बताउँछन् ।

७. लगानी नगर्नेहरूले ठूलो गल्ती गरिरहेका छन्

वारेन बफेट भन्छन् कि लगानी नगर्नेहरूले आफ्नो जीवनमा ठूलो गल्ती गरिरहेका छन् । समयसँगै हरेक वस्तुको मूल्य बढ्दै गएको उनी बताउँछन् । लगानीले मात्र बढ्दो मुद्रास्फीति र बढ्दो खर्च व्यवस्थापन गर्न सक्छ । त्यसैले सानैदेखि लगानी सुरु गर्नुपर्छ । उनी भन्छन् कि एक व्यक्तिले आफ्नो पहिलो तलबबाट केहि पैसा लगानी गर्न सुरु गर्नुपर्छ ।

८. तपाईंले नबुझेको ठाउँमा कहिल्यै पैसा लगानी नगर्नुहोस्

वारेन बफेट भन्छन् कि तपाईंले नबुझेको लगानी विकल्पमा पैसा कहिल्यै लगानी गर्नुहोस् । ‘महत्वपूर्ण कुरा तपाईलाई के थाहा छ जान्न र तपाईलाई के थाहा छैन जान्न जरुरी छ,’ उनी भन्छन्।

९. धेरै पढ्नुहोस् र सोच्नुहोस्

बफेटले आफ्नो दिनको अधिकांश समय लगभग ८० प्रतिशत पढ्न र सोचेर बिताउँछन् । उनी भन्छन्, ‘लगानीको बारेमा सोच्ने सबैभन्दा राम्रो तरिका भनेको एउटा कोठामा बस्नु हो जहाँ अरू कोही छैन् । त्यहाँ बसेरमात्र सोच्नुहोस् । यदि यो दृष्टिकोणले पनि काम गरेन भने, अरू केहिले काम गर्दैन ।’

१०. तपाईं आफै सबैभन्दा राम्रो

वारेन बफेट भन्छन् कि तपाईंको सबैभन्दा ठूलो सम्पत्ति तपाईं आफै हुनुहुन्छ । त्यसैले तपाईको उत्तम लगानी तपाई आफै हो । यससँग अरुको तुलना गर्न सकिँदैन । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL