Logo

सिद्धार्थ बैंकको ‘१०.७५% एसबिएल डिबेन्चर’ नेप्सेमा सूचीकृत

सिद्धार्थ बैंकको ‘१०.७५% एसबिएल डिबेन्चर’ नेप्सेमा सूचीकृत



काठमाडौँ । सिद्धार्थ बैंकको ‘१०.७५% एसबिएल डिबेन्चर’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच रु. ४ अर्बको १० वर्ष अवधी भएको ‘१०.७५ प्रतिशत एसबिएल डिबेन्चर (ऋणपत्र) २०८९’ को अंकित तथा चुक्ता मूल्य रु. १ हजार कायम भएको कुल ४० लाख कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको हो ।

बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल मार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा निष्कासन गरिएको ४० लाख थान ऋणपत्र वितरण भई धितोपत्र विनियमावली, २०७५ बमोजिम ३१ मा नेप्सेमा सूचीकृत भएको सहर्ष जानकारी गराउँदछौँ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले हस्ताक्षर गरेका थिए । उक्त ऋणपत्र नेप्सेको दोस्रो बजारमा कारोबार सुरु भएको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL