Logo

लक्ष्मी बैंक प्रर्वद्धक रहेको शुभ लक्ष्मी कोषको इकाई विक्री आजदेखि खुला, यसरी गर्न सकिन्छ आवेदन

लक्ष्मी बैंक प्रर्वद्धक रहेको शुभ लक्ष्मी कोषको इकाई विक्री आजदेखि खुला, यसरी गर्न सकिन्छ आवेदन



काठमाडौं । शुभ लक्ष्मी कोष (खुलामुखी) सामूहिक लगानीकोष योजनाको प्राथमिक बजारमा आजदेखि काई विक्रीमा आएको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले शुभ लक्ष्मी कोष (खुलामुखी) योजना सञ्चालनका लागि इकाई विक्री गर्न लागेको हो ।

प्रति इकाई रू. १० अंकित दरको ५ करोड इकाई क्यापिटलले विक्री गर्न लागेको हो । कुल इकाईमध्ये ७५ लाख इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंक लिमिटेडका लागि सुरक्षित गरिएको छ । बाँकी ४ करोड २५ लाख इकाई मध्ये प्रथम चरणमा सर्वसाधारणमा १ करोड ७५ लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो ।

छिटोमा साउन २३ गतेसम्म सार्वजनिक निष्कासनमा रहने यो इकाई सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २ गतेसम्म सार्वजनिक निष्कासनमै रहने क्यापिटलको भनाई छ । यी इकाई खरीदका लागि आवेदन दिन चाहने आवेदकहरूले न्यूनतम १०० कित्तादेखि अधिकतम ५० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था छ ।

यी इकाई विक्रीको जिम्मेवारी समेत योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलेनै पुरा गर्नेछ । खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूसँगै मेरो शेयर वेवसाइट र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको अधिकृत पूँजी ५० करोड रहेको छ भने जारी पूँजी रू. ३० करोड रहेको छ । हाल क्यापिटलको चुक्ता पूँजी भने रू. २७ करोड रहेको छ । योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यका आधारमा मुनाफा वितरण गरिने क्यापिटलको भनाई छ । खुद मुनाफामध्ये आवश्यकता अनुसार सञ्चित मुनाफा पुनः लगानी गरिने जानकारी समेत क्यापिटलले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL