Logo

सेबोनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै, लगानीकर्ताका आशा र अपेक्षा सम्बोधन होलान ?

सेबोनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै, लगानीकर्ताका आशा र अपेक्षा सम्बोधन होलान ?



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बिहीबार (आज) आर्थिक वर्ष २०७९(८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । पुँजी बजारको नियामक निकाय सेबोनले सेयर बजारको दायरा फराकिलो बनाउने उद्देश्य सहित चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ । बोर्डले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम बिहीबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म होटेल हिमालयन कुपन्डोलमा सार्वजनिक गर्ने भएको जानकारी दिएको छ ।

विशेषगरी नयाँ ब्रोकर लाईसेन्स वितरण तथा ब्रोकर कम्पनीमार्फत मार्जिन लेण्डिङको सुविधा प्रदानलाई उच्च प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउन लागिएको बोर्ड स्रोतले जानकारी दिएको छ । यस अघि धितोपत्र बोर्डले पुँजी वृद्धिसहित नयाँ ब्रोकर कम्पनीको लाईसेन्स वितरण गर्नेगरी ‘धितोपत्र व्यवसायी, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी नियमावली, २०६४ संशोधन गरि अर्थ मन्त्रालयमा पेश गरेको छ । हाल उक्त नियमावली पारित हुने क्रममा रहेको छ ।

‘बोर्डले नयाँ ब्रोकर लाईसेन्स थप थर्न नियमावली संशोधन गरेर अर्थ मन्त्रालयलमा पेश गरेको छ,’ सेबोन उच्च स्रोतले भन्यो, ‘तसर्थ नीति तथा कार्यक्रमले पनि नयाँ ब्रोकर लाईसेन्सलाई उच्च प्राथमिकता दिने छ ।’ हाल संचालनमा रहेका ब्रोकर प्रतिस्पर्धी र सोही अनुरुपको क्षमता पनि नभएको निष्कर्ष सहित बोर्डले पुँजी बृद्धि सहित नयाँ ब्रोकरको लाईसेन्स खुला गर्न लागेको हो ।

यसैगरी बोर्डले ब्रोकर कम्पनीमार्फत मार्जिन लेण्डिङ प्रदानलाई पनि उच्च प्राथमिकता दिने भएको छ । यस अघि बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंक ल्याएको सेयर धितो कर्जाको ४ करोड र १२ करोड रुपैयाँको सीमा हटाउन पहल गर्ने बताएका थिए । तर राष्ट्रका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बोर्डले मार्जिन लेण्डिङको सुविधा प्रदान गरेसँगै उक्त सीमा हटाउने बताएसँगै बोर्डले आफ्नो नीति तथा कार्यक्रममा उक्त विषयलाई प्राथमिकता दिने भएको हो ।

यसैगरी बोर्डले पुँजी बजारसम्बन्धी वित्तीय साक्षरता कार्यक्रमलाई समेत उच्च प्राथमिकता दिने भएको छ । पछिल्लो समय लगानीकर्ताहरु स्वविवेकले भन्दा पनि अरुले भनेको भरमा सेयर खरिदबिक्री गर्दा फस्ने क्रम बढेको निष्कर्ष सहित बोर्डले सो सम्बन्धी साक्षरता कार्यबक्रमलाई अघि बढाउन लागेको हो । सोका लागि बोर्डले पुँजी बजार प्रशिक्षण इन्स्टिच्युट नै संचालन गर्नेगरी नीति तथा कार्यक्रममा समेटिने भएको छ । लगानीकर्ताहरु सेबोनले आफना आशा र अपेक्षा नीति तथा कार्यक्रममा समेटिने प्रतिक्षामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL