Logo

नबिल इन्भेष्टमेन्ट बैंकिङको उद्यमी बन्न चाहनेलाई ‘पिच–नीक सेवा’, यसरी लिन सकिन्छ सेवा

नबिल इन्भेष्टमेन्ट बैंकिङको उद्यमी बन्न चाहनेलाई ‘पिच–नीक सेवा’, यसरी लिन सकिन्छ सेवा



काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले उद्यमी बन्न चाहने तथा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यावसायिक गतिविधि संचालन गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रवारका दिन पिच–नीक सेवा दिने तय गरेको छ । संस्थागत परामर्श दाता सेवाअन्तर्गत सो सेवा दिइने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रत्येक उद्यमीहरु तथा उद्यमी बन्न चाहनेहरूबाट उनीहरुको सम्भव हुन सक्नेसम्मको उत्तम व्यावसायिक विचारलाई छानी उक्त व्यवसायिक सोचलाई वास्तविकतामा बदल्न मद्दत गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

साथै कम्पनीले भविष्यमा सञ्चालनमा ल्याउन लागेको विशिष्टिकृत लगानी कोष अन्तर्गतको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोषहरुमार्फत पनि लगानीको वातावरणलाई सहज गरिदिने जनाएको छ । यो सेवा प्राय जसो सुरुवात र हुर्कने अवस्थामा रहेका कम्पनीहरूका लागि आवश्यक हुन हुनसक्ने जनाइएको छ ।

भेन्चर क्यापिटल अन्तर्गत परामर्शदाताले लगानीकर्ता र व्यवसायलाई लगानीको दृष्टिकोणले जोड्ने सेतुको कार्य गर्ने पनि कम्पनीको भनाइ छ । यो सेवा अन्तर्गत बैङ्क तथा वित्तिय संस्थाहरूमा व्यवसायीको निर्भरतालाई घटाइ लगानीका अन्य सिर्जनशील उपायहरूद्वारा पूँजीको उपलब्धता गराउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL