Logo

एनआईसी एशिया क्यापिटलको ‘फ्लेक्सी क्याप फण्ड’को आईपीओ आजदेखि खुल्दै, न्यूनतम १०० कित्ता आवेदन दिन सकिने

एनआईसी एशिया क्यापिटलको ‘फ्लेक्सी क्याप फण्ड’को आईपीओ आजदेखि खुल्दै, न्यूनतम १०० कित्ता आवेदन दिन सकिने



काठमाडौँ । एनआईसी एसिया बैंकको प्रवर्द्धनमा एनआईसी एसिया क्यापिटलले सामुहिक लगानी कोष(म्युचुल फण्ड)का इकाईहरुको प्राथमिक निश्काशन (आईपीओ) जारी गरी बिक्री खुला गर्ने भएको छ ।

‘फ्लेक्सी क्याप फण्ड’ नाम दिइएको उक्त फण्डका इकाइहरुको बिक्री खुला १९ जेठदेखि गर्ने एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

प्रतिइकाई मूल्य १० रुपैयाँ अंकित दर रहने उक्त फण्ड १० करोड इकाईको बिक्री खुला गर्ने व्यवस्थापक एनआईसी एसिया क्यापिटलले जनाएको हो ।

यस मध्ये बीजपूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखिने र बाँकी न्युनतम ८ करोड ५० लाख इकाई २४ गतेसम्म खुला गरिने जनाएको छ ।

बैंकका अनुसार एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो कोषको अवधि ७ वर्षको हुने जनाएको छ । उक्त फण्डका न्युनतम १०० देखि अधकितम १ करोड इकाइसम्म खरिदका लागि आवेदन दिन सकिने छ । ७ वर्षे याे बन्दमुखी याेजनामा गरिएकाे लगानी र प्रतिफल सबै ७ वर्षपछि लगानीकर्ताले फिर्ता पाइसक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL