Logo

मस्कले दिए टेस्लाको ७ खर्बको सेयर दान, कर बचाउने दाउ भएको विज्ञको दाबी

मस्कले दिए टेस्लाको ७ खर्बको सेयर दान, कर बचाउने दाउ भएको विज्ञको दाबी



काठमाडौं । विश्वका सबैभन्दा धनी एलन मस्कले गत वर्ष नोभेम्बरमा आफ्नो इलेक्ट्रिक कार कम्पनी टेस्लाको कुल ५० लाख ४४ हजार कित्ता शेयर दान गरेका छन्। मस्कले नोभेम्बर १९ र २९ को बीचमा यो दान गरेका हुन् ।

टेस्ला विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी हो र त्यसबेला कम्पनीको शेयर मूल्य अनुसार यो रकम ५.७४ बिलियन डलर (नेपाली करीब ७ खर्ब) रुपैयाँ) हुन्छ ।

रोयटर्सका अनुसार टेस्लाले अमेरिकी धितोपत्र तथा विनिमय आयोगलाई यो जानकारी दिएको छ । तर, मस्कले कुन संस्थालाई यो चन्दा दिएको भन्ने खुलासा गरिएको छैन । उनले गत वर्षको अन्त्यमा १६.४ बिलियन डलरको शेयर बेचेका थिए। यसका लागि उनले ट्विटरमा पोल पनि गरेका थिए र आफ्ना फलोअर्सलाई टेस्लाको १० प्रतिशत शेयर बेच्ने कि नगर्ने भनेर सोधेका थिए । तर, उनले यो मतदानको नतिजा जस्तोसुकै भए पनि शेयर बेच्नुपर्ने बताएका थिए ।

कर बचाउने प्रयास

मस्कले गत वर्ष सन् २०२१ मा ११ अर्ब डलरभन्दा बढी कर तिर्नुपर्ने थियो। यदि मस्कले टेस्लाको सेयर चन्दा उपहार दिएमा उसले यसबाट कर लाभ लिन सक्ने विज्ञहरू बताउँछन् । यो किनभने परोपकारी संस्थाहरूलाई दिइने दान पूंजीगत लाभ करको अधीनमा रहँदैन ।

मस्कले सन् २००१ मा मस्क फाउन्डेसन स्थापना गरेका थिए जसको सम्पत्ति २०० मिलियन डलरभन्दा बढी छ। विश्वकै धनी मस्कको ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार कुल सम्पत्ति २२७ बिलियन डलर छ।

प्रतिक्रिया दिनुहोस्
MBL