Logo

बलेफी हाइड्रोपावरको आईपीओ निष्काशन खुल्यो, आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुले आवेदन दिन सक्ने

बलेफी हाइड्रोपावरको आईपीओ निष्काशन खुल्यो, आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुले आवेदन दिन सक्ने



काठमाडौं । सिन्धुपाल्चोकमा रहेको बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आजदेखि आईपीओ निष्काशन गरेको हो । निष्काशन बन्द छिटोमा फागुन १२ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ ।

कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशन गरिएको कुल शेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं। २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं। ५ र ७, बलेफी गाउँपालिकाको वडा नं। १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं। ७ का बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमए बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL