Logo

शेयर लगानीकर्ताहरुका लागि नबिलको लगानी व्यवस्थापन सेवा

शेयर लगानीकर्ताहरुका लागि नबिलको लगानी व्यवस्थापन सेवा



काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी इन्फिनिटी पोर्टफोलियो व्यवस्थापन सेवा सञ्चालनमा ल्याएको छ ।

laxmi

यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुलेवार्षिक शुल्क वापत वर्ष २०२२ को लागि केवल रु. २ हजार २२ रुपैयाँ मात्र सीमित शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ । गैर–विवेकीय प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए वापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नु नपर्ने जनाएको छ ।

यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो विश्लेषक तथा गहन विश्लेषण, अनुसन्धानको आधारमा बजारको उतारचढावलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिश गरिएको छ । लगानीकर्ताले दिएको आदेश अनुसार खरिद वा बिक्री गरिने कम्पनीको भनाई छ । व्यवस्थापन गरे वापत लगानी गरिएको रकममा भएको फाईदामा कुनै प्रकारको शुल्क तथा दस्तुर नलिनेभएको छ ।

लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिन्छ । यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा शेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL