Logo

विशाल बजार कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

विशाल बजार कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गगनबहादुर बिके र प्रभु क्यापिटलका तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका हुन् । २०७८ माघ १ गतेदेखि लागू हुनेगरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

प्रभु क्यापिटलले विशालबजार कम्पनी लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवम् सेयरधनीहरूको लगत अद्यावधिक लगायत कार्यहरू गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL