Logo

सामलिङ पावरको आइपीओ भर्ने समय आज सकिदैं, कार्यालय समयभित्रै आवेदन दिइसक्नुपर्ने

सामलिङ पावरको आइपीओ भर्ने समय आज सकिदैं, कार्यालय समयभित्रै आवेदन दिइसक्नुपर्ने



काठमाडौं । सामलिङ पावर कम्पनीको सधारण सेयर (आइपीओ)मा आवेदन दिने समय आज सकिदैं छ । सो कम्पनीको आइपीओमा आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने छ ।

कम्पनीको आइपीओमा आइतबारसम्म १७ लाख ५८ हजार ४५० जनाले २ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ५७० कित्ताको लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा ३१।१३ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले कात्तिक ४ देखि ७ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेकोमा १४ हजार ६०० कित्ता कर्मचारी, ३६ हजार ५०० कित्ता म्युचुअल फण्डको लागि छुट्याएर बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

सेयरमा सी–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL