Logo

सेयर बजारमा ‘रोनाल्डो इफेक्ट’, म्यानचेष्टर युनाइटेड फर्कने पक्का भएसँगै क्लबको सेयर मूल्य २९३ मिलियन डलरले बढ्योे

सेयर बजारमा ‘रोनाल्डो इफेक्ट’, म्यानचेष्टर युनाइटेड फर्कने पक्का भएसँगै क्लबको सेयर मूल्य २९३ मिलियन डलरले बढ्योे



काठमाडौं । विश्वकै चचिर्चत फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोे म्यानचेस्टर युनाइटेडमा फर्कने पक्क भएसँगै क्लबको शेयर बजार मूल्यले रकेटको गति समाएको छ ।

रोनाल्डोको युनाइटेडमा फिर्ती पक्का भएसँगै शुक्रबार एकै पटक क्लबको सेयर मूल्य २१२ मिलियन पाउण्ड (२९३ मिलियन डलर) ले बढेको छ ।

बिहीबार रोनाल्डोले म्यानचेस्टर सिटीका लागि सम्झौता गर्न लागेको खबरहहरुबीच एकैपटक रोनाल्डो आफ्नो पूर्व क्लब फर्कने सम्झौता भएको म्यानचेस्टर युनाइटेडले घोषणा गरेका थियो । जब रोनाल्डो फर्कने युनाइटेडको सामाजिक सञ्जालमा घोषणा भयो त्यसपछि क्लबको शेयर एकै झट्कामा ९.८ प्रतिशते बढ्यो ।

शुक्रबार बिहान बजार खुल्दा युनाइटेडको शेयर मूल्य १७.३८ डलर थियो तर, रोनाल्डो फर्कने खबर पुष्टि भएसँग सेयर मूल्य चाँडै नै १९.ढ सम्म पुग्यो । यसको मतलब क्लबको समग्र बजार मूल्य २९३ मिलियन डलर बढ्यो । त्यसयता अहिले पनि क्लबको सेयर मूल्यमा ६ प्रतिशतको वृद्धि कायम छ ।

सेयर बजारमा ‘रोनाल्डो इफेक्ट’

सेयर बजारमा ‘रोनाल्डो इफेक्ट’ चर्चायोग्य रहने गरेको छ । रोनाल्डोले यसअघि रियल म्याड्रिड छाडेर युभेन्ट जाने सम्झौता गरेसँगै युभेन्टसको सेयर मूल्यमा उछाल आएको थियो रोनाल्डोले युरोकपको पत्रकार सम्मेलनमा कोका कोलाको बोतल हटाएसँगै त्यसको असर युरोपको सेयर बजारमा देखिएको थियो । सो घटनापछि कोकले सेयर बजारमा ४ बिलियन डलर बजार मुल्य गुमाएको थियो ।

हंगेरीको खेलअघि भएको पत्रकार सम्मेलनमा बोल्नुअघि रोनाल्डोले कोकको बोतल हटाएर पानीको बोतल देखाउदै पानी पिउनु ठिक भएको बताएका थिए । रोनाल्डोको यस सानो कदमले कोकलाई भने ठूलो असर गरेको थियो ।

सो घटनाअघि कोकको सेयर मुल्य युरोपमा ५६.१ डलर रहेकोमा पत्रकार सम्मेलन सकिने बेलासम्म घटेर ५५.२ डलर पुगेको थियो । सेयर बजारमा कोकले १.६ प्रतिशत गुमाएपछि कुल बजार मुल्य ४ बिलियन डलर गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL