Logo

एक अर्ब बराबरको मेगा म्युचुअल फण्ड–१ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

एक अर्ब बराबरको मेगा म्युचुअल फण्ड–१ को इकाईमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं ।  मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि बक्री खुला गरेको मेगा म्युचुअल फण्ड–१ को इकाईमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

laxmi

फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १ अर्ब बराबरको १० करोड इकाई विक्री खुला गरेको हो । कुल इकाई मध्येबाट पनि १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो ।

यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्ससँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै मेरो शेयर वेब र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL