Logo

जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँट, १९ लाख बढी आवेदकको हात खाली

जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँट, १९ लाख बढी आवेदकको हात खाली



काठमाडौं । जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर ९आईपीओ० आज बाँडफाँट भएको छ ।

लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बुधबार बिहान आइपिओ बाँडफाँट भएको हो ।  मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँट गरिएको आइपिओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन् । जसमा ५ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन् ।

यस लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो ।

निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

सो शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL