Logo

१० अंकले बढ्यो नेप्से, ३६ करोडको कारोबार

१० अंकले बढ्यो नेप्से, ३६ करोडको कारोबार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक १० दशमलव १६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १० हजार ७२ दशमलव ९४ अंकमा पुगेर बन्द भएको छ ।

सो दिन बीमा, विकाश बैंक तथा बैंकिङ समुहको परिसुचक उकालो लागेको छ । बिहीवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ७० दशमलव २४ अंक्ले बढेको छ ।

त्यस्तै विकाश बैंक र बैंक समुहको परिसुचक १३ दशमलव ८२ अंकले बढेको छ । यता होटल,अन्य, जलविद्युत तथा फाइनान्स समुहको परिसुचक भने क्रमशः ९५ दशमलव ६७, ५ दशमलव ८८, १ दशमलव ३६ र ० दशमलव ७७ अंकले ओरालो लागेको छ ।

सो दिन कारोवारमा आएका १ सय ८ कम्पनीको ६ लाख २४ हजार कित्ता सेयरबाट ३६ करोड ६२ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL