Logo

१२ अंकले घट्यो नेप्से, ३३ करोडको कारोवार

१२ अंकले घट्यो नेप्से, ३३ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीबार नेप्से परिसुचक १२ दशमलव ४१ ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४४ अंकमा झरेर बन्द भएको छ । सो दिन कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

बिहीवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ६४ अंकले ओरालो लागेको छ । सो दिन जलविद्युत ३५ र बैंकिङ समुहको परिसुचक १४ अंकले घटेको छ ।

त्यस्तै विकास बैंक, होट र फाइनान्स समुहको परिसुचक क्रमशः ७ दशमलव ३५, ३ दशमलव ९८ र ३ दशमलव २१ अंकले ओरालो लागेको छ ।
बिहीवार १ सय १४ कम्पनी कारोवारमा आएका थिए ।

५ लाख ८३ हजार कित्ताबाट ३३ करोड २९ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL