Logo

९ अंकले घट्यो नेप्से, २१ करोडको कारोवार

९ अंकले घट्यो नेप्से, २१ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक ९ दशमलव ११ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ६६ दशमलव ६९ अंकमा झरेर बन्द भएको हो । मंगलवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेको छ ।

सो दिन अन्य समुहको परिसुचक ५० दशमलव ५१ अंकले ओरालो लागेको छ । त्यस्तै बीमा समुहको ३२ दशमलव २ होटल ७ दशमलव ४७ र बैंक समुहको परिसुचक २ दशमलव ९१ अंकले घटेको छ । सो दिन फाइनान्स र जलविद्युत समुहको परिसुचक क्रमशः २ दशमलव ३५ र १ दशमलव ५६ अंकले ओरालो लागेका छ ।

यता विकास बैंक समुहको परिसुचक भने ० दशमलव १५ अंक्ले उकालो लागेको छ ।

मंगलवार १ सय ११ कम्पनी कारोवारमा आएका छन् । सो दिन ४ लाख ४९ हजार कित्ता सेयरबाट २१ करोड ९ लाखको कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL