Logo

हिमालयन हाइड्रो एक्स्पो सकियो, ६० हजार बढीले गरे अवलोकन

हिमालयन हाइड्रो एक्स्पो सकियो, ६० हजार बढीले गरे अवलोकन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी हिमालयन हाइड्रो एक्स्पो आइतबार सम्पन्न भएको छ ।
नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रियस्तरको सो एस्पोमा ६० हजार अवलोकनकर्ताको सहभागीता रहेको थयो ।

एक्स्पोको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आयोजना गरेको हो ।
शुक्रबारदेखि ३ दिनसम्म चलेको एक्स्पो नेपालको जलविद्युत विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको अयोजकले जानकारी दिएको छ ।

आयोजक इपानका अध्यक्ष शैलेन्द गुरागाईले, अपेक्षा गरे अनुसारको नतिजा एक्स्पोले दिनुका साथै विदेशी कम्पनीहरुले नेपालको जलविद्युत विकासमा देखाएको चासोले आगामी दिनमा उर्जा क्षेत्रमा धेरै सुधार आउने विश्वास व्यक्त गरे ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैङक तथा वित्त कन्पनीहरु लगाएत झन्डै सय वटा भन्दा वढी स्टल थिए । जसमध्ये करिव पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको थियो ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अष्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक लगाएत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

एक्स्पो भव्य रुपमा सफल हुनुका साथै निकट भविष्यमा नै यस्ता एक्स्पो आयोजना गर्न सहभागी कम्पनीहरुले हौसला दिएको एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । साथै यसबाट आगामी दिनमा उर्जाको विकासमा ठुलो फड्को मार्न सक्छौं भन्ने देखिएको उनले जानकारी दिए ।
हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तर्फबाट आविष्कार गरेका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा गराइएको थियो । जसमा साउथ वेष्टर्न विजनेश कलेज प्रथम भएको थियो, भने काठमाण्डौं विश्वविद्यालयले दोस्रो र तेस्रो स्थान हासिल गरेको छ ।

कलेजहरुबाट समुहमा प्रतिष्पर्धा गराइएको थियो । प्रतियोगितामा प्रथम हुने लाई ५५ हजार ५ सय तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २ सय र ११ हजार १ सय नगद पुरस्कार प्रदान गरिएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL