Logo

विश्वको सर्वाधिक मूल्यवान दुईपाङ्ग्रे सवारी कम्पनी बजाज अटो, विश्वका ७० भन्दा बढी देशहरूमा लोकप्रिय

विश्वको सर्वाधिक मूल्यवान दुईपाङ्ग्रे सवारी कम्पनी बजाज अटो, विश्वका ७० भन्दा बढी देशहरूमा लोकप्रिय



काठमाडौं । बजाज अटो लिमिटेड बजार पूँजीकरण रु १.६ लाख करोड नाघ्ने विश्वव्यापी रुपमा पहिलो दुइ–पाङ्ग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको शेयर मूल्य आज एनएसईमा प्रति शेयर रु.५५६६.४ रुपैयाँ पुगेर बजार पूंजीकरण रु.१६१०७३.२१६ करोडमा समेटिएको थियो । बजाज अटोले संचालनको ७५औं वर्षमा यो ऐतिहासिक माइलस्टोन स्थापना गरेको छ ।

विश्लेषकहरूका अनुसार यो भन्दा अगाडि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुइ–पाङ्ग्रे सवारी कम्पनीले रु १.६ लाख करोड भन्दा बढीको बजार पुँजीकरण हासिलगर्न सकेको छैनन् । यसप्रकार, बजाज अटो दुई–पाङ्ग्रे सवारी श्रेणीमा सबैभन्दा मूल्यवान कम्पनी मात्र होइन, रु १.६ लाख करोडभन्दा बढीको बजार पुँजीकरण पुर्याउने विश्वमै पहिलो दुइ–पाङ्ग्रे कम्पनी पनि हो ।

बजाज अटोको यात्रा भारतमा ७५बर्ष पहिले शुरू भएको थियो । आज यसका पल्सार, बक्सर, प्लेटिना र आरई जस्ता ब्राण्डहरू विश्वका ७० भन्दा बढी देशहरूमा लोकप्रिय छन् । जसले यसलाई वास्तवमै “विश्वकै लोकप्रिय भारतीय”ब्राण्ड बनाएको छ । यस वर्ष थाइल्यान्डमा प्रवेश गरिसकेको र अर्को वर्ष ब्राजिलमा सम्भावित प्रवेशसागै यो विश्व बजारमा लगातार विस्तार भइरहेको छ ।

बजाज अटोको अस्ट्रियाको केटीएम एजीसँग एक अत्यधिक सफल साझेदारी छ । जहाँ यस साझेदारीले केटीएमलाई प्रीमियम स्पोर्ट मोटरसाइकलको सबैभन्दा ठूलो निर्माता बन्न मद्दत गरेको छ । आइकोनिक केटीएम र हुस्कर्वना दायराका धेरै मोडलहरू बजाज र केटीएमले संयुक्त रूपमा डिजाइन गरेका छन् र अमेरिका र जापान जस्ता विकसित देशहरूलगायत विश्वबजारमा निर्यातका लागि भारतमा निर्मित छन् । बजाज अटोले पनि ट्राइम्फ युकेसँग विश्वबजारका सेवा प्रदान गर्न भारतमा उस्तै प्रकारका ट्राइम्फ मोटरसाइकलको नयाँ श्रृंखला बनाउन रणनीतिक साझेदारी गरेको छ ।

बजाज अटोका प्रबन्ध निर्देशक राजीवले भने, ‘मोटरसाइकल वर्गमा कम्पनीको विशेष ध्यान र विभेदको रणनीतिप्रति अटल प्रतिबद्धता र टीपीएमको अभ्यासले विश्वव्यापी महत्वाकांक्षासँग मिलेर आज बजाजलाई विश्वभर सर्वाधिक मूल्यवान दुई पाङ्ग्रे सवारी कम्पनी बनाएको छ । यसले हामीलाई अझ बढि सेवा प्रदान गर्न र विश्व भरि ग्राहकलाई खुसी पार्न प्रोरित गरेको छ ।’

बजाज अटो बजाज समूहको फ्ल्यागसीप कम्पनी हो । बजाज समूह भारतमा शीर्ष १० व्यापार घरानाहरु मध्ये एक हो । सन् १९२६ मा भारतमा स्वतन्त्रताको लागि आन्दोलनको चरम सीमामा स्थापित यो समूहको उत्कृष्ट इतिहास छ । बजाज अटो मोटरसाइकलको लागि विश्वको तेस्रो ठूलो निर्माता र तीनपाङ्ग्रे सवारीको सबैभन्दा ठूलो निर्माता हो । बजाज अटो भारतको नम्बर १ मोटरसाइकल र तीन पाङ्ग्रे निर्यात कर्ता हो । भारतबाट निर्यात तीन मध्ये दुई बाइक र तीनपाङ्ग्रे बजाजले बनाएको पाइएको छ ।

७० भन्दा बढी देशहरूमा १५ मिलियन भन्दा बढी मोटरसाइकल बिक्री भएसँगै, बजाज अटोले भारत सरकारको “मेक इन इंडिया”दर्शनको लागि उल्लेखनीय बेन्चमार्क कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL