Logo

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले मलेसियन प्रोटोन ब्राण्डका गाडी नेपाल भित्रयाउँदै, शोरुम तयार

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले मलेसियन प्रोटोन ब्राण्डका गाडी नेपाल भित्रयाउँदै, शोरुम तयार



काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले मलेसियन प्रोटोन ब्राण्डका गाडी नेपाली बजारमा भित्रयाउने भएको छ ।

laxmi

प्रोटोन मलेसियाको प्रतिष्ठित कम्पनीका रुपमा परिचित रहेको छ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक नियुक्त भएसँगै प्रोटोन ब्राण्डका गाडीका लागि काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक शोरुम सञ्चालनको अवस्थामा तयार पारेको छ ।

जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउने छ । हाल फेस्टिभल सिजन भएको र यसपश्चात छिट्टै नै शोरुम शुभारम्भ हुने सम्भावना रहेको बताइएको छ ।
प्रोटोनको सोरुम आकर्षक स्पेस सहितको छ भने प्रोटोनको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको छ । यसले नेपाली ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नुका साथै एक आकर्षक गन्तव्यको रुपमा समेत आफ्नो पहिचान कायम गर्ने विश्वास गरिएको छ ।

नेपाली बजारमा प्रोटोनको पहिलो उपहारको रुपमा प्रोटोन सागा सेडान उपलब्ध हुनेछ । त्यसपछि अन्य मोडलका सवारी साधन समेत विस्तारै उपलब्ध हुँदै जाने छन् । प्रोटोन मलेसियाको पहिलो र प्रतिष्ठित अटोमोबाइल कम्पनी हो ।

मलेसियाका लोकप्रिय प्रधानमन्त्री डा. महाथिर मोहम्मदको बेबी प्रोजेक्टको रुपमा यो कम्पनी विकसित भएको थियो । हाल प्रोटोनका सवारी साधन विश्वका विभिन्न भागमा रुचाइने लोकप्रिय सवारी साधनमा पर्छन् । नेपाली ग्राहकलाई पनि प्रोटोनका उत्कृष्ट सवारी साधन आकर्षक सोरुममार्फत उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL