Logo

हुण्डाई फेष्टिभ डिलाइट २०७६’का बम्पर विजेता छनौट, बम्पर बिजेतालाई भेन्यु एस र सेन्ट्रो कार हस्तान्तरण

हुण्डाई फेष्टिभ डिलाइट २०७६’का बम्पर विजेता छनौट, बम्पर बिजेतालाई भेन्यु एस र सेन्ट्रो कार हस्तान्तरण



काठमाडौं । हुण्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एक कार्यक्रम बीच हुण्डाई फेष्टिभ डिलाइट २०७६का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ ।

हुण्डाईले कार्यक्रममा विजयीहरु नागेश्वर प्रसाद शाह (कुपन नं.१२७२) लाई भेन्यू एस तथा शालिकराम अधिकारी (कुपन नं ३२९) लाई सेन्ट्रो माग्ना हस्तान्तरण गरेको छ । लक्की ड्र को विजेताहरुको छनौट २९जुन २०२० मा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्रको विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि कञ्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले गरेकी थिइन् ।

१० भाग्यशाली विजेताहरु भरत सिंह पौडेल (कुपन नं. ३९७), चन्द्र मणी पौडेल (कुपन नं. २७५), श्रीजेश घिमिरे  (कुपन नं.९९६), महेश्वर लाल सिंह (कुपन नं. ९९९), कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं. ९४४), राजु शाह (कुपन नं. ७६), दल बहादुर बि.क.(कुपन नं. ७४४), बिजय अग्रवाल, गणेश हार्डवेर (कुपन नं. ७१६), एन.आइ.सी. एशिया बैंकका निर्भीक सापकोटा (कुपन नं. ११५८) र खातु इन्टनेशनल (कुपन नं. ३५)ले दुबई भ्रमण जितेका छन् ।

हुण्डाई फेष्टिभ डिलाइट २०७६ अन्तर्गत हुण्डाईका भाग्यशाली खरिदकर्ताहरुले एक थान सेन्ट्रो माग्ना एक थान भेन्यू एस १० जोडीलाई दुबई भ्रमणसहित स्क्र्याच कार्डमार्फत नगद छुट पनि प्राप्त गरेका थिए । सम्पूर्ण विजेताहरुलाई बधाई दिदै लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्ने आफ्ना सम्पूर्ण गा्रहकहरु प्रति आभार व्यक्त गरे ।

सबै हुण्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध  छन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरिग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL