Logo

मारुती सुजुकी बलेनोले पार गर्यो गौरवपुर्ण चौथो वर्ष, साढे ६ लाख सन्तुष्ट ग्राहक

मारुती सुजुकी बलेनोले पार गर्यो गौरवपुर्ण चौथो वर्ष, साढे ६ लाख सन्तुष्ट ग्राहक



काठमाडौं । मारुती सुजुकी नेक्साको प्रिमियम ह्याचब्याक बलेनोले चौथो वर्ष पूरा गरेको छ । चार वर्षको अवधिमा यो प्रिमियम ह्याचब्याकका ६ लाख ५० हजार ग्राहकहरु पुगेको कम्पनीले जनाएको छ ।

‘मेक इन इण्डिया’ को प्रतीक सहित उत्पादन भएको यो कार सन् २०१५ को अक्टोबरमा पहिलोपटक लञ्च भएको थियो । यूनि लिक्विड फ्लो डिजाइन, बेस्ट इन क्लास क्याबिन, कटिङ एज जस्ता विशेषता रहेको यो प्रिमियम ह्याचब्याकमा क्लास लिडिङ सेफ्टी रहेको छ ।


ग्राहकहरुको मागलाई सम्बेधन गर्दै कम्पनीले सान् २०१९ जनवरीमा आइडल स्टार्ट अप (आइएसएस) र पावर रि–जनेरेशन फिचरमा नेक्स्ट जेनेरसन स्मार्ट हाइब्रिड नयाँ बलेनो बजारमा ल्याएको थियो । बलेनो भारतीय बजारमा पहिलो बिएस ६ स्ट्यान्र्डड प्रिमियम ह्याचब्याक बनेको थियो ।


बलेनोले चोथो वर्षको कोशेढुंगा पार गरेको अवसरमा मारुती सुजुकी इण्डिया लिमिटेडका मार्केटिङ एण्ड सेल्सका कार्यकारी निर्देशक शशांक श्रीवास्तवले भने–‘बलेनो बजारमा आएसँगै यो बजारको लिडर बनेको छ र हाम्रो नेक्साको प्रिमियम च्यानलमा बलेनोले उपभोक्तलाई मारुती सुजुकी परिवारमा आकर्षित गरेको छ ।’


बलेनोले छोटो अवधिमा ६ लाखभन्दा बढी विक्रीको रेकर्ड बनाएको छ । बलेनो भारतका २ सय भन्दा बढी शहरमा रहेका ३६० भन्दा बढी नेक्सा शोरुममा उपलब्ध रहेको पनि कमपनलिे जानकारी दिएको छ ।


सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पले नेपाली ग्राहकका लागि बलेनोलाई कम्पनीको प्रिमियम च्यानल सिजी आइ नेक्स्टमार्फत उपलब्ध गराइने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL