Logo

के युरोपेली कार उद्यमहरूको लागि इन्डोनेसिया चीनको विकल्प हुन सक्छ ?

के युरोपेली कार उद्यमहरूको लागि इन्डोनेसिया चीनको विकल्प हुन सक्छ ?



काठमाडौं । युरोपेली संघ र इन्डोनेसियाले यस वर्षको अन्त्यसम्ममा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् किनभने इन्डोनेसियाले आफ्नो इलेक्ट्रिक कार उद्योगलाई अघि बढाउन खोजिरहेको छ । करिब २८ करोड जनसंख्या भएको यो देशमा आधुनिक कार निर्माणका लागि आवश्यक मानिने निकल र अन्य कच्चा पदार्थको विशाल भण्डार छ । इन्डोनेसियाले निकलको निर्यातमा प्रतिबन्ध लगाएको छ भने बक्साइटको निर्यातमा पनि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । बक्साइट एक अयस्क हो जसबाट आल्मुनियम निकालिन्छ ।

आफ्नो खनिज सम्पदा चीन वा अन्य कुनै देशमा पठाउनुको सट्टा, इन्डोनेसियाले अब आफ्नो समुद्री तटमा विद्युतीय सवारी साधनको आफ्नै आपूर्ति श्रृंखला निर्माण गर्न चाहन्छ र यसमार्फत आफ्नो अर्थतन्त्र बलियो बनाउन चाहन्छ । यसो गरेर इन्डोनेसियाले आफूलाई चीनको वैकल्पिक अन्तर्राष्ट्रिय ब्रान्डको रूपमा स्थापित गर्न चाहन्छ । उसको यो रणनीतिले सुरु गर्नुअघि नै परिणाम दिन थालेको देखिन्छ । गत महिना, इन्डोनेसियाका लगानी मन्त्री बहलिल लहडालियाले जर्मन कार निर्माता कम्पनी फक्सवागन इन्डोनेसियामा इलेक्ट्रिक कारका लागि ब्याट्री बनाउने वातावरण सिर्जना गर्न इच्छुक रहेको घोषणा गरे ।

यो घोषणा ह्यानोभर ट्रेड फेयरको समयमा गरिएको थियो । त्यसपछि जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेटेका थिए । त्यसबेला, स्कोल्ट्जले विडोडोलाई आफू सम्झौतालाई अन्तिम रूप दिने प्रक्रियामा रहेको बताए । ‘अहिले हामी चीनबाट धेरै महत्वपूर्ण खनिजहरू आयात गर्छौं, यो थाहा छ कि तामा र निकल जस्ता दुर्लभ धातुहरू त्यहाँ पाइँदैन तर, इन्डोनेसिया जस्ता देशहरूमा पाइन्छ,’ स्कोल्ट्जले विडोडोसँगको भेटपछि भने ।

फोर्ड र टेस्ला पनि इन्डोनेसिया आउन इच्छुक

दक्षिणपूर्वी एसियामा सबैभन्दा ठूलो जनसंख्या भएको र सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश भएता पनि ईयूको इन्डोनेसियासँग व्यापार सम्बन्ध निकै कम छ । सन् २०२१ मा यी दुईबीच २४.८ बिलियन डलरको मात्रै सामानको कारोबार भएको थियो । यो व्यापार इयु र भियतनामबीचको व्यापारको आधाभन्दा कम हो, जबकि भियतनामको जनसंख्या १०० मिलियनभन्दा कम छ ।

जर्मनीले इन्डोनेसियासँगको सम्बन्धलाई बलियो बनाउन चाहेको बेला अमेरिकाजस्ता उसका प्रतिद्वन्द्वीहरू यसतर्फ अघि बढिरहेका छन् । अमेरिकाको कार निर्माता फोर्डले पहिले नै धेरै इन्डोनेसियाली कम्पनीहरूसँग साझेदारी गरिसकेको छ, जबकि इलेक्ट्रिक वाहनको क्षेत्रमा विश्वको अग्रणी कम्पनी टेस्लाले इन्डोनेसिया सरकारसँग वार्ता गरिरहेको छ । विश्वको सबैभन्दा ठूलो रासायनिक उत्पादन कम्पनीहरू मध्ये एक ‘बिएसएफ एसई’को मुख्यालय जर्मनीमा छ । यो कम्पनीले फ्रान्सेली बहुराष्ट्रिय कम्पनी अरामे एसएसँगको सहकार्यमा निकल–कोबाल्ट रिफाइनरीमा लगानी गर्न खोजिरहेको छ । ‘मलाई शंका छ कि त्यहाँ यस्तै थप लगानी घोषणाहरू हुनेछन्,’ दक्षिणपूर्वी एशियामा युरोपेली संघको व्यावसायिक प्रतिनिधित्वका कार्यकारी निर्देशक क्रिस हम्फ्रे भन्छन ।

अर्बौ डलरको सम्झौता

इलेक्ट्रिक वाहन ब्याट्रीहरूको उत्पादनमा प्रयोग हुने मुख्य उत्पादन मिश्रित हाइड्रोक्साइड प्रेसिपिटेट (एमएचपी) हो, जुन एक मध्यवर्ती निकल सामग्री हो । जकार्ता–आधारित विश्लेषक र रिफर्मेसी इन्फर्मेशन सर्भिस कन्सल्टेन्सीका प्रमुख केभिन ओरोर्कले यसलाई ‘भविष्यको कच्चा तेल’ भनेर वर्णन गर्छन् । उनी भन्छन्, ‘दुबै पक्षहरू जर्मनीले इन्डोनेसियाबाट एमचएपी स्रोत खोज्न चाहन्छन् । दुवै पक्षका लागि, त्यसो गर्दा चीनमा उनीहरूको निर्भरता कम हुनेछ, जसका कम्पनीहरू हाल इन्डोनेसियाको लगभग सबै एमएचपी उत्पादनको लागि जिम्मेवार छन् ।’

यस वर्षको सुरुमा, इन्डोनेसियाली अधिकारीहरूले भने कि बिएसफ र अरामे एमएचपी उत्पादनको लागि २.६ बिलियन डलरको साझेदारीको योजना बनाइरहेका थिए । यद्यपि यो सम्झौताको कुनै पनि कम्पनीले आधिकारिक पुष्टि गरेको छैन । अरामेले यो प्लान्टको स्वीकृति पाएमा सन् २०२६ बाट काम सुरु गर्ने बताएको थिया ।
हाल, इन्डोनेसियामा एमएचपी उत्पादन पूर्ण रूपमा चिनियाँ स्वामित्वका कम्पनीहरूद्वारा नियन्त्रित छ । यी कम्पनीहरूले एमएचपी उत्पादनको लागि लेटराइट अयस्कबाट निकल र कोबाल्ट निकाल्न उच्च दाबको एसिड लीच अर्थात् एचएपिएल प्रक्रिया प्रयोग गर्छन् । यी कम्पनीहरूले यस प्रक्रियामा इन्डोनेसियाको वायुमण्डलमा कति विषाक्त फोहोर जान्छ भन्ने कुरा कहिल्यै खुलासा गर्दैनन् ।

ब्याट्रीको गुणस्तरमा प्रश्न

ओरोर्क भन्छन्, ‘युरोपियन युनियनले विषाक्त फोहोर र हरितगृह ग्यास उत्सर्जनको सन्दर्भमा पनि वातावरणमैत्री नभएका विद्युतीय सवारी साधन र तिनका ब्याट्रीहरूको आपूर्तिको गुणस्तरको बारेमा पनि सही कुरा गरेको छ ।’ यद्यपि समाचार एजेन्सी रोयटर्सका अनुसार बिएसफ र अरामे कारखानाहरूले पनि एचएपिएल प्रक्रियाहरू प्रयोग गर्नेछन् । भोक्सवागनले इन्डोनेसियामा चिनियाँ कम्पनीसँग मिलेर काम गर्न सक्छ ।

एमएपी उत्पादनका धेरै वैकल्पिक मार्गहरू पनि छन् र अष्ट्रेलियामा कार्बन–नकारात्मक उत्पादन श्रृंखला सुरु भइसकेको छ । यद्यपि, विश्लेषकहरू भन्छन् कि विदेशी कम्पनीहरूले यस्तै प्रक्रियाका लागि इन्डोनेसियामा लगानी गर्ने कि नगर्नेमा अझै शंका छ । विश्लेषकहरूले पनि यो स्वच्छ विकल्पमा इन्डोनेसिया सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाएका छन् ।

ओरोर्कले आरोप लगाए, ‘इन्डोनेसियाका नीति निर्माताहरू चीनलाई फोहोर एमएचपी आपूर्ति गर्न सहज छन् ।’ र पश्चिमी कम्पनीहरूलाई पनि यस क्षेत्रमा पहिले नै चिनियाँ कम्पनीहरूसँग सहकार्य आवश्यक छ । इन्डोनेसियाका लगानी मन्त्रीले यस महिना जारी गरेको विज्ञप्तिअनुसार जर्मन कार कम्पनी फक्सवागनले एमएचपी चीन पठाउने ब्याट्री खनिज उत्पादन गर्न चीनसँ सहकार्य गर्ने उल्लेख गरेका छन् ।

ब्रसेल्स र जकार्तामा दबाब

जर्मन एसोसिएसन अफ द मोटर वाहन उद्योग वा भिडिएका एक प्रवक्ताले इन्डोनेसिया र युरोपेली संघका लागि जतिसक्दो चाँडो स्वतन्त्र व्यापार सम्झौतालाई अन्तिम रूप दिनु महत्वपूर्ण रहेको बताए । उनका अनुसार, ‘यसले विश्वव्यापी कच्चा पदार्थ आपूर्ति श्रृंखलाको आवश्यक विस्तार र विविधीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ जुन इलेक्ट्रोमोबिलिटीको प्रवद्र्धनका लागि महत्वपूर्ण छ, साथै दुबै क्षेत्रका लागि सवारी साधन र त्यसका पार्टपुर्जाहरूको बजार उपलब्धता बढनेछ ।’

इन्डोनेसिया र युरोपका धेरै राजनीतिज्ञहरूले यो वर्षको अन्त्यसम्ममा सम्झौतालाई अन्तिम रूप दिने तयारी गरिरहेको दोहो¥याएका छन् । यो समय महत्वपूर्ण छ किनकि २०२४ को चुनावमा राष्ट्रपति विडोडो र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन दुवैका लागि जो दक्षिणपूर्वी एशियामा स्वतन्त्र व्यापारको कडा समर्थक हुन् । डेभिड हटर/ अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL