Logo

नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ ।

laxmi

आफ्नो पहिलेको हुण्डाई भेन्यूको मोडल मार्फत नेपालभरका ग्राहकहरूको ध्यान तान्न सफल रहेका र अहिले परिष्कृत मोडलले बजारमा नयाँ आयाम स्थापित गर्ने कम्पनीले विश्वास लिएको छ । नयाँ भेन्यूले यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको कम्पनीको भनाइ छ।

समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरूसहित तयार गरिएको हुण्डाई भेन्यूले सबैको मन जित्ने कम्पनीको विश्वास छ । नयाँ हुन्डाई भेन्यूकोे फराकिलो वनावट र दु टोन ब्ल्याक गेर इन्टेरियरका कारण निकै नै आरामदायी रहेको बताइएको छ ।

हुन्डाई भेन्यूमा उत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिस पाइने पनि कम्पनीले जनाएको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL