Logo

‘वीलिङ एयर ईभी’ बजारमा, ४ घण्टाको फुलचार्जमा ३ सय किलोमिटर गुड्ने

‘वीलिङ एयर ईभी’ बजारमा, ४ घण्टाको फुलचार्जमा ३ सय किलोमिटर गुड्ने



काठमाडौं । पीटी एसजीएमडब्लू मोटर्स इण्डोनेशियाको उत्पादन वीलिङ एयर ईभी नेपाली बजारमा बिक्रीवितरण सुरु भएको छ । सानो परिवारका लागि उपयुक्त चार सिटे (डबल डोर) ईभी वीलिङलाई नेपाली बजारमा ईभी नेपाल मोटर्स, बज्र ग्रुपले ल्याएको हो ।

laxmi

१७.३ र २६..७ किलोवाटको ब्याट्री क्षमतामा उपलब्ध वीलिङ एयर ईभीले ४ घण्टाको फास्ट चार्जमा २ सयदेखि ३ सय किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ ।

लिथिनियम ब्याट्री प्रयोगभएको गाडीमा ब्याट्रीमा ८ वर्षको वारेन्टी समेत प्रदान गरिएको कम्पनीले जनाएको छ । वीलिङ १७।३ किलोवाटको बजार मूल्य २४ लाख ९९ हजार र २६।७ किलोवाटको ३० लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

जसमा फास्ट चार्जर पोर्टलसहित विभिन्न ४० वटा एसोसरिज समेत उपलब्ध रहेको कम्पनीका प्रवन्ध निर्देशक प्रकाश बज्राचार्यले जानकारी दिए । आइतबार काठमाडौंस्थित होटल हायात रेजेन्सीमा वीलिङ एयर ईभीकोसफल मिडिया टेष्ट ड्राइभ समेत सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL