Logo

सिप्रदी टाटा मोर्टसको ‘इन्जिन क्येर क्याम्प’को शुभारम्भ, पुस १५ गतेसम्म सञ्चालन हुने

सिप्रदी टाटा मोर्टसको ‘इन्जिन क्येर क्याम्प’को शुभारम्भ, पुस १५ गतेसम्म सञ्चालन हुने



काठमाडौं । सिप्रदी टाटा मोर्टसको नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेक जाँच, मर्मत तथा सम्भार गर्नका लागि ‘इन्जिन क्येर क्याम्प’ शुभारम्भ गरिएको छ ।

laxmi

गाडीको कार्य क्षमता वृद्धि गराई ग्राहकहरुलाई प्रत्यक्ष रुपमा फाइदा दिन सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि इन्जिन क्येर क्याम्पको आयोजना गरिएको सिप्रदी ट्रेडिङले जनाएको छ ।

सोमबार टाटा मोर्टस् कस्टमर क्येर सार्क रिजन हेड वेंकटेश आलबलले एक समारोह विच उक्त क्याम्पको शुभारम्भ गरे । यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको ६२ प्वाइन्ट निःशुल्क चेकजाँच, स्पेयर पार्टस्मा १५% देखि कम्पनीले तोकिएका पार्टस्हरुमा ५०% सम्मको छुट दिइएको छ ।

यस्तै ल्युव्रिकेन्टमा २०% छुट, लेवर चार्जमा २५% छुट तथा चालकहरुका निःशुल्क तालिमको सुविधा प्रदान गरिएको छ । सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा पुस १५ गतेसम्म उक्त क्याम्प संचालनमा रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL